काठमाडौं। द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन्। शनिबार सम्पन्न ग्रान्ड फिनालेमा झापाका जेनिश पहिलो सिजनको द भ्वाइस किड्सका बिजेता बनेका हुन् ।

विजेता जेनिशले ट्रफि सहित १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। जेनिशले आफ्ना आठजना प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो द  भ्वाइफ अफ किड्स उपाधि जितेका हुन्।

दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ। उनी सहित टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र ‌ओखलढुङ्गाकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।