काठमाडौं । लोक सेवा आयोगले लिने विभिन्न संगठित संस्थाहरुको आन्तरिक प्रतिस्पर्धाबाहेक सबै परिक्षा स्थगित गरेको छ।

आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको परीक्षा सञ्चालन शाखाले मिति २०७८ पुस २९ गतेको निर्णयानुसार उक्त परीक्षाहरु स्थगित गरिएको जनाएको छ ।
संगठित संस्थाहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणको विभिन्न मितिमा पदपूर्ति सम्बन्धी विज्ञापन गरेको थियो ।

उक्त विज्ञापनको सम्बन्धमा रिट निवेदक प्रेमीलाल प्रसाद चौधरी, पिन्टुकुमार कर्ण, विनोद चन्द्रलगायतको रिट निवेदनहरुको सम्बन्धमा विज्ञापनहरुको छलफलको मितिसम्म पदपूर्ति गर्ने काम नगर्नु, नगराउनु भनी लोक सेवा आयोगलाई विभिन्न मितिमा अल्पकालिन अन्तरिम आदेश जारी भएको हुँदा परीक्षा कार्यक्रम स्थगित भएको हो ।