जनचासो । सुनसरीको ईनरुवा नगरपालिका-३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोली सहित हरिनगर गाउँपालिका-६ बस्ने २३ वर्षी फरियाद मियाँ अंसारी लगायत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त चोकमा हातहतियार बोकी मानिस हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । 

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका-५ बस्ने ६० वर्षीय ईन्द्र बहादुर राईलाई ३ थान भरुवा बन्दुक, २ डब्बा बारुद, १८ थान गोली, ५ पोका छर्रा, १ थान खुकुरी र १ थान गुलेली सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लेटाङ नगरपालिका-९ बशन्त हरियाली सामुदायिक वनमा उनी समेत ४ जना व्यक्तिहरूले उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

हाल फरार रहेका नाम, थर, वतन नखुलेका अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।