फाइल तस्बिर

एजेन्सी । जारी विग ब्यासको आज भएको खेलमा सन्दिप लामिछानेको टिम होबार्टले सिड्नी थन्डरलाई ९ रनले हराएको छ ।
टस जितेर ब्याटिङ्ग गरेको होबार्टले ६ विकेट गुमाउँदै २० ओभरमा १ सय ७७ रन बनाएको थियो । होबार्टको कप्तान म्याथ्यु वेडले ५४ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८३ रनसहित अविजित इनिङ खेल्दा कालेव ज्वेलले ३२ बलमा ५ चौका र ३ छक्का सहित ५१ रन बनाए ।
सिड्नी थन्डर १ सय ८८ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६८ रन मात्र बनाउन सफल भयो । सिड्नीका एलेक्स हेल्सले १७ बलमा ७ चौका र १ छक्कासहित ३८ रन बनाए । ज्यासन सांघाले १९ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाए ।
सन्दिपको उत्कृष्ट बलिङ
नेपाली क्रिकेटका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ्ग गरेका छन् । उनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । छैटौं, दशौं, तेह्रौ र अठारौँ ओभरमा बलिङ्ग गरेका सन्दिपले अठारौँ ओभरको पहिलो बलमा होल्ट ज्वेल चौथो बलमा नथानको विकेट लिए ।
जारी बिग ब्यासमा सन्दीपले १२ खेलमा १२ विकेट लिएका छन् ।