मरिण। सिन्धुलीको मरिण गाउँपालिकामा पुस २३ गतेदेखि शुरु भएको तेस्रो मरिण महोत्सव स्थगित भएको छ। नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेकाले महोत्सव स्थगित गरिएको हो। 

"कृषि व्यवसायको प्रवर्द्धन तथा व्यवसायीकरण हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान" भन्ने मुल नाराका साथ सुरु भएको तेस्रो मरिण महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने पूर्व तालिका थियो। 

मरिण गाउँपालिकाले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमण बढेकाले महोत्सव स्थगित गरिएको जनाएको हो। मरिण गाउँपालिका र सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको आयोजनामा तेस्रो मरिण महोत्सव पुस २३ गते शुरु भएको थियो।

गाउँपालिकाले जारी गरेको सूचनामा कोभिड -१९ मा तिब्र गतिमा फैलिरहेको सन्दर्भमा गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जना भन्दाबढी भेला हुने सभा, बैठक, मेला, महोत्सव नगराउन परिपत्र भएकाले महोत्सव स्थगित गरिएको जनाएको छ। 

गाउँपालिकामा बुधबार सर्वपक्षिय बैठक बसी कोभिड -१९ को महामारी बढिरहेको अवस्थालाई मध्यनजर गर्दै महोत्सव स्थगित गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले जनचासो स्रोतलाई जनाएका छन्।