काठमाडौं । आज भएको प्रधानमन्त्री कप टि-२० आज भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई ४ विकेटले हराएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर फिल्ड रोजेको पुलिसले आर्मीको १ सय ३७ रनको लक्ष्य १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएर पुरा गर्‍यो । १८औं ओभरको अन्तिम बलमा योगेन्द्र सिंह कार्कीले चौका प्रहार गर्दै जित दिलाए ।

पुलिसको सहाव आलमले ३ विकेट लिए भने जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले १ विकेट लिए ।

पहिलो ब्याटिङको निम्तो पाएको आर्मी १९ दशमल ५ ओभरमा अलआउट हुँदै १ सय ३७ रन जोडेको थियो । करण केसी ले ४ विकेट तथा गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान २-२ विकेट तथा आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएपछि आर्मी सस्तैमा समेटिएको थियो ।

जितसँगै नेपाल पुलिस क्लब २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंकको साथ समूह 'ए' को पहिलो स्थानमा रहन सफल भएको छ । १ खेलमा जित र १ खेलमा हार सामना गरेको आर्मी दोस्रो स्थानमा रहेको छ ।