काठमाडौं। ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। काठमाडौंको कलंकीमा शनिबार राति ट्रिपरले मोटरसाइकलाई ठक्कर दिएको थियो।
शनिबार राति पौने १० बजे कलंकी चोकमा बा ४ ख ६८४३ नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बझाङ घर भई ललितपुरको भैंसेपाटी बस्ने २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमै सवार बझाङ घर भई ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बम घाइते छन्।

