काठमाडौं । पत्रपत्रिका वर्गीकरणको लागि आवेदन खुला भएको छ । प्रेस काउन्सिल नेपाले हरेक वर्ष झैँ यस वर्ष पनि आ.व. २०७६/७७ मा प्रकाशित भएका पत्रपत्रिकाहरुको वर्गीकरण गर्न लागेको हो । 

काउन्सिलले आज गोरखापत्रमा सूचना  जारी गर्दै छापाखाना र प्रकाशनसम्बन्धी नियमावली, २०४९ को नियम ४ बमोजिम स्थायी प्रमाणपत्र प्राप्त गरेका नियमानुसार प्रकाशनरत पत्रपत्रिकाहरुले वर्गीकरण प्रक्रियामा समावेश हुन चाहेमा प्रेसकाउन्सिल ऐन, २०४८ को दफा ११, पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड, २०६६ (परिमार्जन २०७५) को दफा ६  बमोजिमको शर्तानुसार आवेदन पेश गर्न भनेको छ । 

वर्गीकरण पक्रियामा समावेश हुन २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म प्रकाशित भएका पत्रपत्रिकाहरुले दैनिकको हकमा ३०० अङ्क, अर्ध साप्ताहिकको हकमा ८० अङ्क, साप्ताहिकको हकमा ४० अङ्क, पाक्षिकको हकमा २० अङ्क, मासिकको कहमा १० अङ्क र द्वैमासिक/त्रैमासिकको हकमा ४ अङ्क न्यूनतम अङ्क प्रकाशित भएको हुनुपर्ने जनाएको छ । 

तर, कोभिड -१९ का कारण भएको लकडाउन सुरु भएको मिति २०७६।१२।११ देखि २०७७।०३।३१ सम्मको दिन घटाई दैनिकका लागि २०६ अङ्क, अर्ध साप्ताहिक लागि ५५ अङ्क, साप्ताहिकको २८ अङ्क, पाक्षिकका लागि १४ अङ्क, मासिकका लागि ७ अङ्क र द्वैमासिक/त्रैमासिकको लागि ३ अङ्क न्यूनतम प्रकाशित भएकाहरुले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।

सूचना विस्तृतमा: