काठमाडौं। नेपालमा कोरोना सङ्क्रमित थपिनेको संख्या पछिल्लो केही दिनदेखि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

मन्त्रालयका अनुसार १० हजार २६७ जनामा गरिएको परीक्षणमा ती सङ्क्रमितहरू फेला परेका हुन्। जसमा पिसिआर विधिबाट परीक्षण गर्दा ३ सय ७० जना र एन्टीजेन विधिबाट ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 

मन्त्रालयले पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जनाएको छ। मन्त्रालयका अनुसार कुल जनसंख्याको ३५.६ प्रतिशत नेपालीले पूर्णमात्रामा खोप लगाई सकेका छन्। 

नेपालमा हाल ५ हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन्।