काठमाडौं । कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्र सङ्घको विशेष महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डिसेम्बर ३ र ४ मा हुने विशेष सभालाई नेपालको तर्फबाट प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनि गर्ने भएका हुन् । 

सभालाई विश्वका प्रमुख नेता, राष्ट्र सङ्घका उच्च अधिकारी र भ्याक्सिनको विकास गरिरहेका कम्पनीका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ  । यसै सम्बन्धमा नेपालका तर्फबाट प्रधानमन्त्रीले गर्ने सम्बोधनको रेकर्ड संयुक्त राष्ट्र संघमा पुर्‍याई सकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कोभिड १९ विशेष महासभामा कोरोना रोकथाम,  नियन्त्रण र असरका बारेमा ५३ राज्य प्रमुख, ३९ सरकार प्रमुख र ४ उपप्रधानमन्त्री र ३८ जना मन्त्रीहरूसहित १४१ वक्ताहरु रहने भएका छन् ।