काठमाडौं। सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले आदिवासी मौलिकतामा पटकथा लेखन सम्बन्धी प्रशिक्षण दिने भएको छ। यसअघि इच्छुकहरूका लागि अभियन सम्बन्धी प्रशिक्षण दिएको समाजले यस पटक पटकथा लेखन प्रशिक्षण दिन लागेको हो।

समाजले सोमबार आफ्नो फेसबुक पेजमार्फत लामो समयदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण सक्रियता हुन नसकेको र कोरोना सङ्क्रमणको न्यूनीकरण भएसँगै आगामी माघ २ गतेदेखि सात दिवसीय पटकथा सम्बन्धी लेखन प्रशिक्षण दिन लागेको जनाएको छ।

समाजका महासचिव इँगिहोपो कोँइच सुनुवारका अनुसार प्रशिक्षण कार्यक्रम सुनुवार सेवा समाज संघीय समितिको भवन, बालकुमारीमा हुनेछ। पटकथा लेखन प्रशिक्षण नव विजय श्रेष्ठ र रजीला श्रेष्ठले गर्नुहुनेछ। पटकथा लेखनमा सहभागी हुन चाहनेले ९८०८७५३६९९ र ९८२३०४६५४६ मा सम्पर्क सकिने महासचिव सुनुवारले जनाउनु भएको छ।