रामेछाप । लिखु तामाकोसी गाउँपालिकामा पालिकास्तरको आधारभुत अस्पताल निर्माण हुने भएपछि त्यहाँका स्थानीय डिल्ली बहादुर सुनुवार र बीरबहदुर सुनुवारले पालिकालाई नि:शुल्क जग्गा दान गरेका छन् ।
उनीहरुले गाउपालिकास्तरीय अस्पताल निर्माणको लागि लिखु तामाकोसी गाउँपालिका -४ स्थित नागिमा डिल्ली बहादुर सुनुवारले ४ रोपनी तथा बीरबहदुर सुनुवारले १ रोपनी १२ आना जग्गा नि:शुल्क रुपमा जग्गा उपलब्ध गराएका हुन् ।
नि:शुल्क जग्गा प्राप्त गरी अस्पताल शिलान्यास गरेपछि लिखु तामाकोसी गाउँपालिका ४ नं. वडाले जग्गा दाता डिल्ली बहादुर सुनुवार र दानबिर सुनुवारलाई सम्मानद्धारा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

