काठमाण्डौं । रामेछाप र दोलखा जिल्लाको संगमस्थल शैलुङ्ग अहिले हिँउले ढकमक्क बनेको छ ।

हिउँ पारखीहरुका लागी अहिले शैलुङ्ग गएर हिँउमा रमाउने उपयुक्त समय हो । गत मंगलबारदेखी परेको हिउँले शैलुङ्ग क्षेत्रको सुन्दरता अझ थपिएको छ ।

शैलुङ्गका सय थुम्काहरु हिउँले ढकमक्क भएपछि अहिले त्यहाँ घुम्न जाने पर्यटकहरुको संख्यामा उल्लेख वृद्धि भएको शैलुङ्गका छोरो उपमा पाएका दावा सङ्बु शेर्पाले जानकारी दिए ।

हिउँ परेसँगै चिसो अत्याधिक बढेको छ । चोसोका कारण जनजिवन भने प्रभावित बनेको छ ।

कसरी जाने शैलुङ्ग ?

दोलखाको मूढे र रामेछापको गाल्बा–दोरम्बाबाट सजिलै पुग्न सकिने शैलुङमा पछिल्लो समयमा आन्तरिक पर्यटक र बाह्य पर्यटकको चहलपहल देख्न सकिन्छ ।

दोरम्बा गाउँपालिकाको डडुवा खोलाखर्कबाट एक किलोमिटर हिडेर शैलुङ डाँडामा पुग्न सकिन्छ । सय थुम्का रहेको मानिने शैलुङ र यसका वरपर हरेक वर्ष हिउँदमा हिउँ पर्दछ । यो क्षेत्र समुद्री सतहबाट ३२ सय मिटर उचाईमा पर्दछ । जहाँ भ्यूटावर पनि छ । दिनहुँजसो फिल्म छायाँकन हुने यस क्षेत्रबाट मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।

शैलुङको खोलाखर्क र दोलखाको ढुंगेमा बास बसेर पनि बिहानको सूर्योदय हेर्न सकिन्छ । प्राकृतिक रुपमा बनेका सय थुम्काको संयुक्त रुप हो । ‘यी प्राकृतिक थुम्का हिउँ पर्दा हिउँले रमाइला देखिन्छन्, हिउँ नपर्दा हरियो दुवोले रमाइला देखिन्छन्, यहाँ नरमाइलो र उराठ लाग्ने मौसम कहिल्यै हुँदैन ।

यहाँबाट चारैतिर देखिने हिमश्रृङ्खलाहरु र मौसम अनुसारको वनस्पतीले छुट्टै अनुभूति दिलाउँछ । यहाँबाट विहानीपख सूर्योदयको दृश्य अत्यन्तै लोभलाग्दो देखिन्छ । त्यसैगरी वसन्त ऋतुमा यस भेगमा फूल्ने विभिन्न प्रजातिका लालीगुराँस र सेतो चिमलसहित अन्य फूलहरु आकर्षणको मुख्य पक्ष मान्न सकिन्छ ।

तस्विर हेर्नुहोस्:

facebook sharing button

twitter sharing button

messenger sharing button

तस्विर: दावा सङ्बु शेर्पा/निमछिरिङ शेर्पा/मदन खड्का