काठमाडौं । उमाकुण्ड गाउँपालिकाको बाम्तीभन्डारमा १० सैयाको अस्पताल भवनको शिलान्यास भएको छ।उमाकुन्ड गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारले एक कार्यक्रमबीच आज भवनको शिलान्यास गर्नु भएको हो।
भवनको शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष सुनुवारले अस्पताल भवन मात्र नभई आवश्यक सामग्री र जनशक्तिको समेत सरकारको तर्फबाट पूर्ण व्यबस्थापन हुने र अस्पताल स्तरोन्नति गर्नको लागि गाउँपालिकाले प्राथमिकता दिने बताएका छन् ।
त्यस्तै शिलान्यास कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की (बस्नेत), प्रमुख प्रशासकीय अधिकृत इस्वरी प्रसाद सुवेदी,३ नं. वडा अध्यक्ष रमेश कुमार सुनुवार, गाउँपालिकाको स्वास्थ शाखाको प्रमुख दिपेन्द्र कुमार पैकरा र सरोकारवाला अन्य ब्यक्तिहरुले समेत शुभकामना मन्त्यव्य ब्यक्त गर्नु भएको थियो ।
उमाकुण्ड गाउँपालिकामा निर्माण हुने १० सैयाको अस्पतालको कुल लागत १० करोड ८३ लाख ३६ हजार रहने गाउँपालिकाले जनाएको छ । यस आ.व.मा ८५ लाख विनियोजन भएको छ, २ बर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ। गाउँपालिकाको केन्द्र रहेको प्रीतिमा केही समय अगाडिनै ५ सैयाको अस्पताल संचालनमा आइ सकेको छ।
आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार देश भरिको ३ सय ९६ स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभुत अस्पताल निर्माणकार्य अगाडि बढेको हो ।

