सिन्धुलीमाढी। जनसेवा पुस्तकालय सिन्धुलीको आयोजनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार पुस्तकालयले सिन्धुलीमाढीमा खुल्ला रचना वाचन तथा टिप्पणी कर्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेश सांसद विनोद खड्काले सष्ट्रा र सृजनालाई बचाइराख्नुपर्ने बताउनु भयो। रचनाबाटै साहित्यकारले सकारात्मक सन्देश पनि प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुपर्ने बताउनु भयो।

पुस्तकालयको आयोजना तथा भगवती अङ्ग्रेजी आवासीय माध्यामिक विल्यालयको व्यवस्थापनमा कार्यक्रम भएको हो। पुस्तकालयले विद्यालय स्तरबाटै विद्यार्थिहरुको साहित्यिक रचना  क्षमता विकास गर्ने उदेश्यले खुल्ला रचना वाचन कार्यक्रमको आयोजना गरेको हो । विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने स्थान नपाएर पनि कुण्ठित हुनसक्ने भएकाले अग्रजहरुबाट त्यस्ता स्थानको सृजना गर्नुपर्ने जनाइएको छ। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयबाट विद्यार्थीहरुको उपस्थिती रहेको थियो। खुल्ला रचना कार्यक्रममा साहित्यकारहरुले गित, गजल, कविता, मुक्तक लगायतको सृजनाको प्रस्तुत गरेका थिए।

जनसेवा पुस्तकालय सिन्धुलीका अध्यक्ष शेषराज दाहालको अध्यक्षता तथा बागमती प्रदेशका प्रदेश सांसद विनोद खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार चेत प्रसाद ढकाल, सिन्धुली बहुमुखि क्याम्पसका प्राध्यापक विश्वराज शर्मा, सिन्धुली साहित्य प्रतिष्ठानका अध्यक्ष प्रज्वल सिन्धुलीय लगायत जिल्लाका साहित्यकारहरुको उलेख्य उपस्थिती रहेको थियो ।