काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ नियुक्त गरेकी छन् ।
गत मंसिर १२ गते संसदीय स मितिले उनी उपरको संसदीय सुनुवाईबाट अनुमोदन गरे पश्चात नेपालको संविधानको धारा १५३ को उपधारा १ (ङ) बमोजिम न्याय परिषद् सदस्यमा श्रेष्ठलाई नियक्त गरेकी हुन् ।
संविधानको उक्त धाराको खण्ड (ङ) मा नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्धारा नियुक्त कम्तीमा बीस वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता सदस्य रहने व्यवस्था रहेको छ ।
न्याय परिषद् सदस्यको पदावधी ४ वर्षको रहेने संवैधानिक प्रावधान रहेको छ ।

