ओहो!
ती नारी जसले
अतीतमा भारीहरु बोकी रहेिछन्
युद्ध ,हिंसा,शोषण,कुन्ठा
मनमा के के खेलाई रहन्छिन्

उनलाई एक सेतो गुलाफसँग दाँजौ न
बिचरा गुलाफ
बगैंचाभरि फुलेको छ।
काँडाको बिचमा
प्रश्न उठ्छ
किन?

त्यो गुलाफ अरु जस्तो रंगिन हुन पाउदैन
काँडाको बिचमा फुल्नु पर्ने
अनि ओईली झर्नु पर्ने
छरपस्ट भएर।

आखिर ती नारीहरुको जीवन
सेतो गुलाफ भन्दा कम छैन
तिमीहरुको मनगढन्ते बिचार हो त्यो

के भो त ?
आज नारीहरुलाई सुनौलो दिन मन पर्यो
छोड न आरोप लाउन
नारीहरुले सहेकै छ्न्।

ए लोग्ने मान्छे
त्यो सेताम्मे हिउँ देखिरहेछौ !
खाली पैताला हिडेर त हेर ?