काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको सुधारको लागि अस्पताल निर्माण हुन नसेका ३ सय ९६ स्थानीय तहमा आधारभुत अस्पताल भवन निर्माण र सातै प्रदेशमा सरुवा रोग अस्पताल भवनको आज एकै दिन गर्ने भएको छ ।

अस्पताल निर्माण हुन बाँकि स्थानीय तहमा ५ देखि १५ शैया तथा प्रत्येक प्रदेशमा सरुवा रोग अस्पताल भवन निर्माणका लागि शिलान्यास गर्न लागेको हो ।

अर्थ मन्त्रालयका अनुसार यी सबै स्थानीय तह तथा सातै प्रदेशका लागि यस आ.व.मा ६ अर्ब १२ करोड २६ लाख रकम निकासा गरिएको छ ।

सरकारले आज शिलान्यास गर्न लागेको काम नेपालको स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै ठूलो भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालै सिलान्यास गर्न लागिएको आधारभुत अस्पताल प्रदेश १ का ८६ वटा, लुम्बनी प्रदेशका ५७ वटा, सुदूरपश्चिम प्रदेशका ५४, प्रदेश २ र गण्डकी प्रदेशका ५३-५३ वटा, बागमती प्रदेशका ५१ वटा र कर्णाली प्रदेशका ४२ स्थानीय तह निर्माण हुने भएका छन् ।