काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तहकको लागि १३ हजार बढी शिक्षक माग गर्ने भएको छ। आयोगका अनुसार भोली (बुधबार) खुलाउने विज्ञापनमा प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्ने भएको हो।

आयोगले विज्ञापन भोलीको गोरखापत्रमा औपचारिक रुपमा सूचना प्रकाशन गर्ने छ। आयोगले खुलाएको दरखास्तमा इच्छुक उम्मेदवारले माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने छन्।  आयोगको कार्यतालिका अनुसार आगामी चैत्र २० गतेमा प्रथम चरणको परीक्षा सञ्चालन हुनेछ। शिक्षक सेवामा दरखास्ता दिन चाहनेले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। 

यस अघि नै शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४७  र निमाविका लागि  २ हजार ५९८ शिक्षक छनोटका लागि  खुला तर्फको  विज्ञापन गरिसकेको छ ।