काठमाडौं । किरात समन्वय समितिले आगामी राष्ट्रिय जनगणनाको सम्बन्धमा संयुक्त अपील सार्वजनिक गरेको छ ।

समन्वय समितिले आफ्ना समुदायको एकित तथ्याङ्कका लागि अब हुने जनगणनामा आदिवासी जनजातिहरु सुरेल, हायु, जिरेल, याक्खा, थामी, सुनुवार, लिम्बु, राई लगायतले धर्मको महलमा "किरात" लेख्न अपिलमार्फत आह्वान गरेको छ ।

आइतबार जारी संयुक्त अपिलमा आगामी जनगणना सङ्कलन गर्ने फारममा जाति र मातृभाषाको महलमा आफ्नो जात/मातृभाषा र दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको मातृभाषा लेख्न उल्लेख गरेको छ ।

आगामी जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म "मेरो गणना मेरो सहभागित" भन्ने मुल नाराको साथ सम्पन्न हुन गईरहेको छ । 

 

किरात समन्वय समितिको संयुक्त अपिल