काठमाडौं । एकदिने विशेष भ्रमणमा रहेका चीनियाँ रक्षा मन्त्री वेइ फेङहे आइतबार काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका छन् । उनलाई विमानस्थलमा स्वागत गर्ने क्रममा गृहमन्त्री थापाले रक्षामन्त्री वेइसँग कुहिनो मिलाएर स्वागत गरेका छन् । 

विदेशी पाहुनाको स्वागतमा हात मिलाउने प्रचलन रहे पनि कोभिड १९ सङ्क्रमण जोखिमका कारण कुहिने जोडेर शिष्टाचार  तथा अभिवादन गर्ने चलन सुरु भएपछि सोहि अनुसार शिष्टाचार आदानप्रादन गरेको बुझिएको छ । 

हात मिलाउँदा कोरोना भाइरसका जीवाणु एकअर्कोमा सर्न सक्ने भएका कारण उक्त सतर्कताका लागि संसारका अरू नेताहरूले कुहिना जोडेर शिष्टाचार आदानप्रदान गर्ने प्रचलन सुरु भएको देखिन्छ ।

चीनियाँ रक्षा मन्त्री वेइ फेङेहेले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसै उनले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।