न्यूयोर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को ८ औँ राष्ट्रिय महाधिवेसनबाट राजकुमार विष्ट निर्वाचित भएका छन्। गत १९ डिसेम्वर न्युयोर्कमा सम्पन्न अधिवेशनमा पूर्व अध्यक्ष लोक बहादुर चेमजोङलाई पराजति गर्दै विष्ट निर्वाचित भएका हुन्। 

आठौँ राष्ट्रिय महाधिवेसन संघीय परिषदका निवर्तमान सभामुख राजकुमार विष्ट र वर्तमान अध्यक्ष लोकबहादुर लिम्वु (लोक चेम्जोङ) अध्यक्षबीच भएको निर्वाचनमा विष्ट निर्वाचित भएका हुन्। महासंघमा आवद्ध १८ वटा आदिवासी जनजाति जातिय संस्थाहरु सदस्य रहेको र प्रत्येक जातिय संस्थाका ५-५ जना प्रतिनिधि रहेको थियो। महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा शेर्पा संघ अमेरिकाका मिङ्मार शेर्पा, महिला उपाध्यक्षमा घ्यालसुम्दो सेवा संस्थाका छोन्जोम लामा, महासचिवमा टोमा लामा र सबै सदस्यहरु निर्विरोध निर्वाचित भएक छन्।

महासंघको संरचना अनुसार सभामुखमा नेवा गुठी न्युयोर्कका सुवर्ण शाक्य र उपसभामुखमा तामाङ सोसाईटी न्युयोर्कका गोमा योन्जन तामाङ चयन भएको छ।  आठौँ महाधिवेसन निर्वाचन समितिमा निर्वाचन प्रमुख डण्डु शेर्पा (डोक्प्या), निर्वाचन आयुक्तमा दिपेश लिम्वु र मच्छे गुरुङ रहेको थियो ।