-सुशिला सुनुवार मुखिया (इलाम)
थाहा छ मलाई पानीले आगो मार्नु पर्छ।
परिस्थिति अनुसार जीवन गुजार्नु पर्छ।
ढुङ्गा पुज्न छाडे मैले आमा हुन भगवान,
ढुङ्गामा ठोकिँदा पनि आमा पुकार्नु पर्छ।
मेरो एकतर्फी प्रेमले मलाई नै बाँच्न दिएन,
भन्दै थियो साथी, अब गल्ती सुधार्नु पर्छ।
बा ! गरिबको घरमा किन खुशीले चिहाउँदैन,
बाबु दुखीलाई दुखले सुहाउँछ हामीले स्वीकार्नु पर्छ।
प्रिय बिछोडको बेला त बग्न देउ यी आँशु
डालीले पनि त सुन्दर फूल झार्नु पर्छ।