काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको छ। मंगलबार सूचना जारी गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १ हजार ६१३ जना कर्मचारीको कर्मचारीले रोजे अनुसार नै काज सरुवाको निर्णय गरेको हो ।

‘स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय भएको हो’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले अनलाइनखबरसँग भने, ‘निवेदन दिएकाहरुमध्ये मापदण्ड पुगेकाहरुको हकमा निर्णय भएको हो ।’

काज सरुवा भएकाहरूको नामावली सूचीसहित: हेर्न यहाँ क्लिक गर्नुहोस्।