बिहानीको झुल्के घामले कञ्चनजंघा हाँसे जस्तो
तिमी देख्दा यो मन मेरो खुसी भई नाचे जस्तो ।
तिमी पारी म वारी बसेर चियाको चुस्की लिए जस्तो
मनको कुरा मनमै राखी मिठो मुस्कान दिए जस्तो ।
जिन्दगीको हरेक पलमा तिमलाई सम्झि बसे जस्तो
एक दिन नबोल्दा यो मन पनि हुन्छ कस्तो कस्तो ।
घाम पानी परेपछि त्यो इन्द्रेणी लागे जस्तो
तिमी बोल्दा मन मेरो पग्लि जान्छ हिउँ पग्ले जस्तो ।
असार साउनको त्यो बर्खे झरी परे जस्तो
साच्चै तिमी राम्री छौ स्वर्गको परी जस्तो ।।