काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको सबै तयारी पुरा गरेको जनाएको छ। सम्भवत बोर्डले आज नै नतिजा सार्वजनिक गर्ने छ।

बोर्डले आज (शुक्रबार) बिहान नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बैठक बोलाएको छ । नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । कोरोनाका कारण पटक पटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो ।