काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको १६ औँ स्थापना दिवसको अवसरमा न्युयोर्कमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। नोभेम्बर २८ आइतबार रक्तादान कार्यक्रम आयोजना गरिएको त्यहाँ स्थित फिप्नाका अध्यक्ष अध्यक्ष लोक चेम्जोङले जानकारी दिनु भएको हो।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना (फिप्ना) का अध्यक्ष लोक चेम्जोङका अनुसार रक्तदानक कार्यक्रममा सहभागि हुन न्युयोर्कका विभिन्न स्थान र न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु सहभागि भएका थिए । अध्यक्ष चेमजोङका अनुसार न्युयोर्कमा रगतको अभाव भएको र त्यसको परिपुर्ति गर्नको लागि न्युयोर्क ब्लड सेन्टरको अनुरोधमा मानवीय पुण्य कार्यको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा अध्यक्ष चेमजोङले फिप्नाको तर्फबाट रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरु, स्वंसेवकहरु, प्रायोजकहरु र यस कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ । साथै कार्यक्रमलाई सफल पार्न प्रायोजन र सहयोग गर्ने सम्पुर्ण सदस्य संस्थाहरुका पदाधिकारी प्रतिनिधिहरुमा पनि धन्यवाद व्यक्त गरिएको छ। प्रतिकुल चिसो वातावरणमा पनि स्वतःस्फुर्त रक्तदाताहरुको सहभागिता रहेको थियो। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले बेलाबेलामा रक्तदान लगायत समाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ।