मुगुको मात्रै नभइकन
देशकै सम्पत्ति रारा...!
कच्ची भए नि बाटो पुग्यो,
छैन धेरै अब टाढा...!!
तपाई हामी सबैको गन्तव्य
अनिवार्य बनोस् रारा...!
देशी विदेशी जनमा सारा,
आकर्षित बनोस् रारा...!!
कर्णालीकै आयस्रोत बनेास्,
सुन्दर रमणीय रारा...!
आफ्नो सौन्दर्य कायमै राखोस्,
छि: छि: नभनुन् सारा...!!
स्वर्गानुभूती गरुन् पुग्ने सारा,
दिनमै साक्षत जून तारा...!
कर्णालीलाई अगाडी सार्ने,
रारा बनोस् अभिभारा...!!
फर्की फेरि घुम्नलाई जाउन्
देशीविदेशी सारा...!
नेपालकै गौरवमय बनोस्
कर्णाली, मुगु - रारा...!!
-शाह कृष्ण सुनुवार (पोखरा -११, रानीपौवा, कास्की)