काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा सहभागी हुन काठमाडौंबाट जानेलगायत भिडले थानकोट क्षेत्रमा जाम बढेको छ ।

शुक्रबार थानकोट–नागढुंगा सडकखण्डमा सवारी चाप बढेपछि ट्राफिकले काठमाडौंबाट जाने सवारीसाधनलाई केही समय ‘होल्ड’ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी होल्ड गरेर सहजीकरण गर्नुपरेको जनाएको छ ।

चितवनमा एमाले महाधिवेशन उद्घाटन हुँदै गर्दा त्यसको असर काठमाडौंमा देखिएको छ। एमाले महाधिवेशनका लागि सवारीसाधनको चाप बढेपछि प्रहरीले काठमाडौंमा सवारीसाधन ‘होल्ड’ गरेको हो।