काठमाण्डौ । रामेछापको गोकुलगंगा गाउँपालिकामा आलु, किवि तथा संस्कृतिक महोत्सव हुने भएको छ । 

गाउँपालिकाले २०७८ मंसिर ५ गते एक सुचना जारी गर्दै आलु, किवि तथा संस्कृतिक महोत्सव गर्न ईच्छुक कृषि सहकारी, कृषक समुह,कृषि फर्म वा कम्पनिहरुलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ । महोत्सव गर्न ईच्छुक संघ सस्थाहरुले गोकुलगंगा गाउँपालिकाभित्रमा उत्पादन भएको आलु,किवि लगायतका अन्य उत्पादनहरु र गाउँपालिकाको सस्कृति झल्काउने खालको स्तलहरु छुट्टाछ्टै रुपमा अवलोकनकर्ताहरुले सहजरुपमा हेर्न सकिने गरी ब्यवस्थापन गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

महोत्सव हुने मिती र स्थान गाउँपालिकाले पछि तय गर्नेछ ।

हेर्नुहोस गाउँपालिकाले निकालेको सुचना :