काेइँचबु काःतिच (उत्तम)। आदिवासीहरूको मातृ भाषाकाे दिगाे विकास दाेश्राे अन्तराष्ट्रिय प्राज्ञिक मञ्च कार्यक्रममा यस वर्षकाे आदिवासीका मातृ भाषाहरुमा साहित्य गतिविधिहरु विषयक अन्तर्राष्ट्रिय अन्तरक्रियात्मक कार्यक्रम भोली बिहान काेरियामा हुँदै छ।

कार्यक्रम युट्युबबाट लाइभ स्ट्रिमिङ हुने आयोजकले जनाएको छ। काेरियाका ज(जु र हङग्येओङ भाषाका साथै नेपाल लगायत विश्वका पाँच आदिवासी कविहरुकाे कविता कविसँग सम्बन्धित आदिवासी समुदायका १० आदिवासी श्रष्ट्राहरुले कविता वाचन गर्नेछन्। नेपालबाट आदिवासी सुनुवार (काेइँच)काे कवि शाेभा सुनुवारले कार्यक्रममा सुनुवार (काेइँच) साहित्यकाे गतिविधिका बारेमा १० मिनेट बाेल्नुहुने छ। मेक्सिकाेबाट कवि अलेजान्द्र ससिल सान्चेज चानले मायातान भाषा, गाेटेमालाबाट कवि मिगुएल एन्जेल ओक्सलाजले माया काक्चिकेल भाषा, नाइजेरियाबाट निएरी वाङारिँले गिँकुँयुँ भाषा र केन्याबाट काेला टुबाेसुनले याेरुबा भाषाकाे साहित्यिक गतिविधिवारे बाेल्नु हुने छ। काेरियाकै दुइ आदिवासी भाषा जेजु र हङग्येओङका वारेमा भने कवि काङ डुक ह्वान र साेङ सि येओनले बाेल्नु हुने छ । विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र समेत प्रस्तुत रहने छ । याे कार्यक्रम संयुक्त राष्ट्र संघले घाेषणा गरेकाे विश्व आदिवासी भाषा दशकलाइ सहयाेगी हुने गरी प्रारम्भ भएकाे छ ।