काठमाडौं। युद्ध साहित्यक पुरस्कार साहित्यकार केदार संकेतद्वारा लिखित अफगानी रणमैदानलाई प्रदान गरिने भएको छ। युद्ध साहित्य पुरस्कार कोषले पहिलो पटक पुरस्कार  घोषणा गरेर अफगानी रणमैदानलाई प्रदान गर्ने विज्ञप्ति मार्फत जनाएको हो।

साहित्यकार केदार संकेतले 'अफगानी रणमैदान'मा आफू सैनिक पेशामा आबद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूति समेटेर उपन्यास तयार पारेका छन्। यात्रा स्पर्शका अभियान्ता केदार संकेत सुनुवारका ‘आफै जलेको देश’ र ‘संकेतका कविताहरू’ (कवितासंग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), पैयुँका फूलहरू (हाइकु संग्रह), ‘अफिम फुल्ने देशमा’ (खण्डकाव्य), ‘ताँ गो तेकेरे नुङ’ (कोइँच–सुनुवार मातृभाषाको कवितासंग्रह) र ‘बुद्धल्यान्ड टु स्विजरल्यान्ड’ (नियात्रा) प्रकाशित छन् ।

कोषले प्रत्येक दुइ वर्षमा वितरण गर्ने गरी युद्ध साहित्य पुरस्कार रासी ५० हजार रहेको जनाएको छ।