काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका प्रधानमन्त्री शेर बहादुर देउवालाई निम्तो गरेका छन्। राष्ट्रपति बाइडेनले डिसेम्बरमा हुन लागेको ‘समिट फर डेमोक्रेसी’ सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्तो दिएका हुन्।

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरी सम्मेलनमा उपस्थितिका लागि बाइडेनको तर्फबाट निम्तो दिएका हुन्। जवाफमा प्रधानमन्त्री देउवाले आफू उक्त सम्मेलनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए।

भर्चुअल माध्यामबाट सम्पन्न हुने सम्मेलनमा संसारका एक सयभन्दा बढी प्रजातान्त्रिक मुलुकहरुले सहभागिता जनाउने छन्।