नुवाकोट। नुवाकोटको ककनी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाकालाई नि:शुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। गाउँपालिकाभित्रका विद्यालयहरूमा कार्यरत शिक्षकहरूलाई एक लाख बराबरको स्वास्थ्य बीमा नि:शुल्क गरिदिने भएको हो।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा र शिक्षक प्रतिनिधिहरुबीच भएको छलफलमा गाउँपालिकाभित्रका विद्यालयहरुमा अध्यापन गराईरहेका झण्डै चारसय शिक्षक शिक्षिकाको लागि स्वास्थ्य बीमा गराईदिने प्रतिवद्धता जनाएका हुन्। एकीकृत अखिल नेपाल शिक्षक संगठन ककनीले गाउँपालिकाभित्र कार्यरत शिक्षक शिक्षिकालाई नि:शुल्क स्वास्थ्य बीमा गराउनका लागि माग गरेका थिए। शिक्षकहरूलाई आफ्नो पेशाप्रति लगनशील बनाउन र शिक्षालाई प्रभावकारी बनाउनका लागि नि:शुल्क स्वास्थ्य बीमा गराउन लागेको ककनी गाउँपालिकाका अध्यक्ष लामाले बताए। उनले गाउँ कार्यापालिकाको बैठकबाट आवश्यक रकमको व्यवस्था गरी निर्णय कार्यन्वय गरिने हुने बताए।