काठमाडौं । आगमि मंसिर २ गते देशभर सार्वजनिक विदा हुने भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७७ कात्तिक २४ गतेको निर्णय अनुसार उक्त दिन किजा पूजाको अवसरमा विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
उक्त दिन सम्पूर्ण सरकारी कार्यालयहरु, सार्वजनिक निकाय, संघ-संस्था तथा शिक्षण संस्थाहरुलाई समेत विदा दिइएको छ ।

