काठमाडौं । पिक्कल गाउँपालिका वडा न‌ं. ५ स्थित उद्धव स्मृती पार्क निर्माण सम्पन्न भएको छ । 

फिक्कल गाउँपालिका र संघीय संसद कोषको लगानीमा निर्माणभएको उक्त पार्क ३३ लाख ५० हजारमा निर्माण सम्पन्न भएको गाउँपालिकाको प्रक्ताले बताए । छतसहितको प्रतिक्षालय रहेको पार्कमा सुन्दरताको लागि पोखरी, विभिन्न प्रकारका फूलहरु, बस्नका लागि कुर्सीहरु र चाइनिज दुबो रोपिएको छ ।