उ फूल हो म काँडा
कहाँ मिल्नु ? उ र म
उ सुन्दरता दिन्छ म घाउ
उ जुन हो म बादल
कहाँ मिल्नु ? उ र म
उ उज्यालो दिन्छ म छेकी दिन्छु
म उसलाई चाहन्छु उ सबैलाई बराबरी चाहन्छ
म गरिबको खाली पैताला
उ मध्यम वर्गीयको चुट्टिएको चप्पल
हातमा झुन्डिएरै घर आउँछ
उ हुनु हो र म नहुनु ।