सिन्धुलीमाढी। कमलामाई नगरपालिकाले नेपाली सेना र प्रहरी बन्न इच्छुक आफ्ना नगरबासीलाई तालिम दिने भएको छ। नगरपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै नगरबासी नागरिकलाई सहायक सेनानी, प्रहरी सहायक निरिक्षक र नायबसुब्बा र खरिदारको तयारी कक्षा सञ्चालन गर्ने जनाएको हो। 

नगरपालिकाले जारी गरेको सूचना अनुसार नगरको वार्षिक कार्यक्रम अनुसार नगरभित्रका ४० युवालाई सहायक सेनानी, ४० युवालाई प्रहरी सहायक निरिक्षक र ४० युवाहरूलाई नायबसुब्बा र खरिदारको तयारी कक्षा सञ्चालन गराउन लागेको हो। इच्छुक नगरबासीले सूचना प्रकाशित भएको ३० दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

सूचना अनुसार सहायक सेनानी र प्रहरी सहायक निरिक्षकको तयारी कक्षाको लागि न्यूनतम योग्यता १८ वर्ष पुराभई २४ वर्ष ननाघेको हुनुपर्ने छ भने दशजोड दुई उत्तिर्ण गरेको हुनुपर्ने छ। त्यस्तै नायबसुब्बा र खरिदारको तयारीका लागि १८ वर्ष पुराभई ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको हुनुपर्ने छ।

नगरपालिकाद्वारा जारी सूचना: