भन्छौ रे …
नभेटी टाढिएँ, बसेकी छौ रे दिल दुखाई
भन्छौ रे माया टाढिएर गयो
रुँदै विरहको गीत गाउँछौ रे मेरो
भन्छौ रे माया मरेर गयो ।

कोमल छ रे मुटु तिम्रो, सम्झि रुन्छौ रे मलाई
भन्छौ रे आँसुमा डुबाएर गयो
लाखौं मान्छेको हुलमा किन रोजेँ भन्छौ रे मलाई
भन्छौ रे दिउँसै अस्ताए गयो ।।

आकाशको तारासँग दाँज्छौ रे मलाई
भन्छौ रे हेरेरै जिन्दगी जाने भयो
मुटु चिर्ने छुरा भन्छौ रे मलाई
भन्छौ रे मुटु चिरेर गयो ।।

जिउँदै जलाएर गयो भन्छौ रे मलाई
भन्छौ रे धोका दिएर गयो
स्वार्थी मान्छे भन्दै धिकार्छौ रे मलाई
भन्छौ रे साथ तोडेर गयो ।।

रुँदै विरहको गीत गाउँछौ रे मेरो
भन्छौ रे माया मरेर गयो ।।