आकाशमा उडेको चरा देखेर
आफू पनि उडेको कल्पना गर्ने यो मन
बतासमा रौमालिएका बादल हेरेर
ती बादलमा रमाएका यी दुखी मन ।
रूखमा टाँसिएर ढकमक्क फुलेका फूल हेरेर
उनको सुन्दरतामा रमाएका,
त्यो मोहनी लाग्दो उनको हाँसो देखेर
कल्पनामा हाँसेका यो पापी मन
अरू कसैको साँचो मनमा रमाएका मन देखेर
यथार्थमा दुखेका यो पापी मन
आज कल्पनामा रमाएका छन् ।
(मिलन राई, राेङ-४, इलाम)