ईलाम। इलामको रोङ गाउँपालिकामा अवस्थित कुटीडाँडा अर्थात सानो पाथिभाराबाट प्रशिद्ध तिर्थस्थल पाथीभरासम्म सोझै हेलिकप्टर सेवा सुचारु हुने भएको छ। दर्शनका लागि माउण्टेन हेलिकप्टरले सेवा दिने भएको हो। 

पाथीभरा माताका नामले परिचित प्रसिद्ध तिर्थस्थल जान आउन असहजतालाई सहज बनाउन हेलिकप्टर सेवा सुचारु हुने भएको हो। अहिलेसम्म पाथिभाराको दर्शन गर्न ताप्लेजुङको सुकेटार विमानस्थलबाट पनि एक दिनको पैदल यात्रा गरेपछि पाथिभारा पुग्न सकिन्छ। पाथीभरा माताको दर्शनका लागि आवतजावतमा सहजताका लागि इलाको कोल्वुङस्थित कुटिडाडाबाट माउण्टेन हेलिकप्टरले सोझैं पाथीभरा मन्दिर परिसरमा पुर्‍याउने भएको छ।

विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभारा, पाँचथरको थिम्वू पोखरी र ताप्लेजुङको सुकेटार विमानस्थालबाट पनि सोझै पाथीभरा माताको दर्शन गर्ने व्यवस्था मिलाइएको सीता एयरका स्टेशन मेनेजर तथा माउण्टेन हेलिकप्टरका को अडिनेटर राम अधिकारीले बताए। अधिकारीका अनुसार असोज २१ गते २८ गतेसम्म पाथीभराको दर्शनका लागि हेलिकप्टरले दिनमा दुई पटक दर्शनार्थीलाई पाथीभरा पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको छ ।यो संगै इलामको कन्याममा समेत फन फ्लाईटको व्यवस्था गरिएको अधिकारीले बताए । (यो खबर आजको पूर्वाअञ्चल दैनिकमा प्रकाशित छ।)