कोहलपुर। बाँकेको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले मानसिक स्वास्थ्यसम्बन्धी जानकार नभएको बताएका छन्। आईतबार नगरपालिकामा सम्पन्न मनोसामाजिक मानसिक स्वास्थ्य विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। 

कोहलपुर नगरसभामा भएको मनोसामाजिक मानसिक स्वास्थ्यलाई स्थानीय तहमा समाहित गर्ने विषयमा एक दिवशिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै रावतले मानसिक स्वास्थ्यसम्बन्धी कुनै जानकारी नभएको र आजको गोष्ठीबाट जानकार भएको उनको भनाई थियो। ‘मानसिक स्वास्थ्य विषयमा अहिलेसम्म कुनै निति तथा कार्यक्रम तयार पारेका छैनौं’ उनले भने’ ‘आगामी दिनहरुमा भने मानसिक स्वास्थ्य विषयमा बजेटको व्यवस्था गर्नेछौं ।’ पालिकाको अब एक पटक नगर सभा बस्नेछ त्यसबाट मानसिक स्वास्थ्य सम्बन्धी निति तथा कार्यक्रम तयार गरी कार्यान्वयमा लैजाने नगर प्रमुख रावतको भनाई थियो ।

बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि.पो.ओ.)ले आयोजना गरेको गोष्ठीका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका सभापति अजय श्रीवास्तवले भौतिक बिकास भन्दा सामजिक बिकास तर्फ केन्द्रित हुन कोहलपुर नगरपालिकालाई सुझाव दिदै जिल्लामा मानसिक अस्पताल निर्माण गर्नेका लागि बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उप मेयर सन्जु चौधरीले जोखिममा रहेका द्वन्द्व तथा यातना पिडित, लैंगिक हिंसामा परेका व्यक्तिहरुको मानसिक स्वास्थ्यका लागि गर्नु पर्ने देखिएकोले नगरपालिकाले विशेष योजना निर्माण गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मनो विज्ञ प्रा. डा. शिशिर शुब्बा, टिपिओका कार्यक्रम संयोजक पिताम्बर कोइराला, टिपिओका प्राविधिक सल्लाहकार सुरज कोइरालाले मानसिक स्वास्थ्यका बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका उप मेयर सञ्जु कुुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसी, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु र मनोसामाजिक प्रा.डा. शिशिर सुब्बा, अधिकारकर्मी, द्वन्द्व पिडितहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन टिपिओकका कन्सल्टेन्ट अधिकारकर्मी आलम खानले गर्नु भएको थियो ।