दानियल सुनुवार, रस्नालु। गोकुलगंगा गाँउपालिकाले गरिबसँग अध्यक्ष कार्यक्रम मार्फत पशु पंक्षी तथा मत्स्य विकास शाखाबाट विभिन्न पशुपालक कृषक समूहलाई नगद उपलब्ध प्रदान गरिएको छ। कृषक समूहका अन्तर्गत बंगुर पालन कृषक समूहलाई १८ लाख, बाख्रा पालनको लागी ७ लाख र उन्नत जातको गाईपालनका लागी ३० लाख बजेट विनियोजन गरिएको हो ।

गोकुलगंगा गाँउपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका ला.पो.डे.डे. छैटौं लोक प्रशाद फुयाँलका अनुसार अहिले सम्म गाउँपालिकाको वडा नं. १,२ र ३ का किसानहरुलाई नगद हस्तान्तरण गरिसकेको र वडा नं. ४, ५ र ६ बाँकी रहेको बताएका छन्। बंगुर तथा बाख्रा व्यवसायी र विपन्न वर्गका किसानहरुमध्ये बेतालीका पञ्चीस जना , चुचुरे दश जना, ठोसे दश, फर्पुका ४२ जना कृषक समूहलाई बंगुर पाठापाठी बितरण गरिएको हो। त्यस्तै अन्य मध्ययम वर्गका किसानहरुलाई उन्नत जातका गाई बितरण गरिने भएको छ।

वडानंं -३ को प्रगतीशिल बंगुरपालन कृषक समूहका ८५ जना कृषकहरुलाई प्रति व्यक्ति २-२ वटा का दरले बंगुरको पाठापाठी खरिद गर्न नगद बितरण गरेकोछ । वडा नं. ३ को कार्यालयबाट एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा वडा नं. -३ का वडाध्यक्ष नरबिक्रम कार्की, वडा सदस्य मिन बहादुर तामाङ, पशुपंक्षी तथा मत्स्य विकास साखाका प्रमुख लोक प्रशाद फुयाँल वडा प्राविधिक तथा कृषक समूहका समिती तथा सदस्यहरुको उपस्थिती थियो।

कार्यक्रममा वडा अध्यक्ष कार्कीले यो अनुदान धेरैभन्दा धेरै आफ्नो वडाका किसानहरुले पाएको र राज्यले दिएको सानो सहयोगलाई कृषक समूहले निरन्तर आफ्नो जीवनस्तर उकास्न उक्त सहयोग सकरात्मक प्रयोजनमा लगाई अघाडी बढ्न हौसला पुग्न सक्नेमा आफू आशावादी रहेको भन्दै कार्यक्रममा आवद्ध कृषक समूहलाई प्रोत्साहन दिनुभयो। साथै, बितरण भएका रकम उचित प्रयोग भए नभएको मुल्याङ्कन गर्न जनप्रतिनिधी कृषक समूहको समिती र वडा प्राबिधिकसहितको टोली हरेक कृषकको घरघरमा अनुगमन गरिने सूचीत समेत गर्नुभयो।