सरकारले कात्तिक गतेदेखि लागु गर्ने तयरी गरेको क्लिनफिड (विज्ञापनरहित प्रसारण) भोलि शुक्रवारबाट लागु हुने भएको छ । 

मन्त्रिपरिषद्को निर्णयहरु सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हुने नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले क्लिनफिड ७ गतेबाट लागू हुने बताउनुभएको हो ।  

एक वर्ष अघि बनेको क्लिन फिड ऐन अनुसार स-शुल्क च्यानलहरूले विज्ञापन बिनै प्रसारण गर्नु पर्ने छ । यो सँगै विज्ञापन रहित प्रसारण गर्ने करिब ३२ वटा च्यानलबाहेक सबै विदेशी च्यानलहरु प्रसारण बन्द हुने भएको छ ।

विदेशी च्यानलहरु बन्द हुँदा दुवाईमा आयोजना भइरहेको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट गेम हेर्नबाट नेपाली क्रिकेट प्रेमिहरु बन्चित हुने भएका छन् ।

नेपालमा प्रसारण हुने स-शुल्क तथा निसुल्क सबै क्लिनफिड नभएको च्यानलहरु बन्दा हुने हुँदा क्लिनफिड नेदिने च्यानलहरुको प्रसारण बन्द हुनेछ ।