काठमाडौं। आज भदौ २२ गते निजामती सेवा दिवस। नेपालका निजामती कर्मचारीहरूको कार्य क्षमतामा सरलता, चुस्तता, पारदर्शिता र छिटो छरितो सेवा प्रदान गर्ने सर्वोत्कृष्ट, उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार प्रदान गरी सेवा प्रवाहप्रति उच्च मनोवल कायम गर्न वि.सं. २०६१ सालदेखि यो दिवस मनाउँदै आएको छ।

तर, स्थायी सरकारको मियोको रुपमा उभिएका उच्च प्रतिस्पर्धाबाट छानिएका अब्बल मानिएका निजामती कर्मचारीहरू वि.सं. २०७३ सालदेखि सर्वोउत्कृष्ट हुन नसक्नुले नेपाल सरकारको प्रमुख सेवा प्रदायकको रुपमा उभिएको कर्मचारीतन्त्रमा प्रश्न चिन्न राख्ने ठाउँ खडा भएको छ। सरकारले यस वर्षको निजामती सेवा दिवसमा कुनै औपचारिक कार्यक्रम नगर्ने तथा कर्मचारीहरूलाई आ आफ्नै कार्यालयमा दिवस मनाउन निर्देशन दिएको छ।

सरकारले यस वर्ष एकै पटक पाँच वर्षको लागि निजामती सेवाको नारा तय गरेको छ। यसअघि प्रत्येक एक वर्षका लागि नारा तय हुँदै आएको थियो। यस वर्ष ‘व्यवसायीक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन’ भन्ने पाँच वर्षे नारा तय गरेको छ।

निजामती सेवा पुरस्कार छनौट समितिको सिफारिसको आधारमा सरकारले १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ। 

नेपालमा हाल विभिन्न सेवा समुह उपसमुह अन्तर्गत करिब ८५ हजार निजामती कर्मचारीहरू रहेका छन्।

यी हुन् उत्कृष्ट निजामती पुरस्कार र निजामती सेवा पुरस्कार पाउनेहरू: