लिखु खोला जलबिद्युत आयोजना र आदिबासी अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार ललितपुरको खुमलटार स्थित भएको अन्तरक्रिया कार्यक्रममा लिखु खोला आसपास रामेछाप र ओखलढुङ्गाका स्थानिय आदिबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

लिखु खोलामा थुप्रै जलबिद्युत आयोजनाहरु निमार्ण हुँदा त्यहाँका स्थानिय आदिबासी सुनुवार जातिको पहिचान र अस्तित्व नै संकटमा पर्न लागेको कार्यक्रममा सहभागिहरुले गुनासो गरेको थिए । चलाखीपुर्ण तबरले स्थानियहरु सँग कुनै परामर्श, सहकार्य नै नगरि  जलबिद्युत आयोजनाहरु एकलैटी ढंगबाट आफ्नो निमार्णको कार्यलाई अगाडी बढाएपछी आदिबासी सुनुवारहरुको भाषा संस्कृती, परम्परागत ज्ञान सिप, धर्म संस्कारमा ठुलो असर पर्दै गएको लिखु खोला आसपासका बिभिन्न स्थानबाट सहभागी भएका सुनुवारहरुले बताएका छन ।

कार्यक्रममा लिखु खोलामा निमार्ण भईरहेका जलबिद्युत र आदिबासी सुनुवार जातिको अबस्थाबारे सुनुवार सेवा समाज संघिय समितिका सचिब उत्तम कुमार सुनुवारले कार्यपत्र प्रस्तुत गरेको थिए । त्यसै गरि आदिबासीहरुको अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरुमा के कस्तो प्राबधानहरु छन भन्ने बिषयमा लाहुर्निप अधिबक्ता भिम राई र दुर्गा याम्फुले कार्यपत्र प्रस्तुत गरेको थिए ।

सुनुवार सेवा समाज संघिय समिति र नेपालका आदिबासीहरुको मानवअधिकार संम्बन्धी वकिल समुह (लाहुर्निप) को संयुक्त आयोजनामा भएको कार्यक्रममा सुनुवार सेवा समाज संघिय समितिका अध्यक्ष रणबिर सुनुवार, सुनुवार सेवा समाजकै उपाध्यक्ष एबम् आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, लाहुर्निपका उपाध्यक्ष दिनेश घले, इन्डिजिनियस टेलिभिजनका अध्यक्ष देब कुमार सुनवार लगाएतले मन्तब्य राखेका थिए ।