दानियल सुनुवार, रामेछाप। विश्व महामारीको रुपमा फैलिएको कोभिड -१९ को दोश्रो लहरका कारण बन्द रहेका विद्यालय सरकारको निर्णयका कारण खुल्ने भएका छन्। गोकुलगङ्गा गाउँपालिकाको शिक्षा समितिको भदौ १६ गते बसेको बैठकले भदौ २० गते बाट विशेष सुरक्षा मापदण्ड अपनाएर पालिका भरका सबै विद्यालयको पठन पाठन सुचारु गर्ने निर्णय गरेको छ। 

गाउँपालिकाले विशेष सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय खोल्ने निर्णयसँगै गोकुलगङ्गा गाउँपालिकाको वडा नं. -३ मा स्थित भिम अधारभुत विद्यालयलाई ग्रिनतारा नेपाल संस्थाले विभिन्न स्वास्थ्य सामग्रिहरू हस्तान्तरण गरेको छ। स्नेलेन चार्ट, उच्चाई नाप्ने मेसिन, तौल नाप्ने मेसिन बालबालीकाको लागी दृष्टि जाँच गर्ने चार्टसहित आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विद्यालयका निमित्त प्र.अ. झम्क बहादुर कार्कीले जनाएका छन्। 

कार्कीका अनुसार प्रत्येक विद्यार्थी लाई २-२ वटाका दरले २३० माक्स, ५ लिटर सेनीटाईजर, के एन ९५ माक्स १० वटा, फेस सिल्ड १० वटा, ३ वटा र  १० वटा, १ बोतल स्प्रे, युनिलिङ ग्लोवस् ३ वटा र डिसइन्फेक्सन ५ लिटर  हस्तान्तरण गरेको हो।