सम्झँदा-सम्झँदै
हो सम्झना मै हराइरहेछ
यो सम्झिने मन

विर्सँदा-विर्सँदै
हो विर्सना मै सम्झिरहेछ
त्यो विर्सिजाने मन

घाउ छ मनमा
मल्हाम पट्टी अनि ड्रेसिङ्ग गरिरहेको छु
ड्रेसिङ्ग गर्दा-गर्दै
हो झनै घाउ कोट्टिएर बढिरहेको छ
अनि घाउसँगै दुखिरहेछ मन

बाटो फरक भएपछि
हिँड्दा-हिँड्दै
सयौं दोबाटोहरु भेटिए होलान्
छुटे होलान्
हो तर त्यै दोबाटो सम्झिँदै बिर्सिरहन्छ यो मन
जहाँबाट एक्लै भएको थियो यो मन

हो सँधै-सँधै
सम्झँदा-सम्झँदै, सम्झना मै हराइरहन्छ
बिर्सँदा-बिर्सँदै पनि सम्झिरहन्छ
उपचार गरिरहे पनि दुखिरहन्छ
सम्झिरहने मन ।