काठमाडौं। पछिल्लो समय अमेरिका रहेका निर्देशक किशोर सुब्बा अन्य निर्देशकभन्दा किशोर सुब्बा अलि फरक ढङ्गले अगाडि बढेका छन्। अमेरिका पुगेर कविता सङ्ग्रह काश जिन्दगी ! बजारमा ल्याएका सुब्बाले जेपीजे इन्टरटेन्मेन्ट नामक युट्युव च्यान चलाइरहेका छन् । 

च्यानलमा घुयेत्रो नामक सिरियल नियमित प्रशारण भइरहेको छ । त्यसैगरी हेल्लो अमेरिका नामक कार्यक्रमको निर्माण तथा निर्देशन गरिरहेका छन् । उक्त कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरूको जनजीवनलाई उतार्ने कार्य गरिरहेको छ। हालै आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले आयोजना गरेको नेपाल इण्डिजिनियस फिल्म फेस्टिभलमा निर्णायक बनेका सुब्बाले नयाँ चलचित्रको लागि केही स्क्रिप्टहरूको अध्ययन पनि गरिरहेका छन्।