तेस्रो नेपाल आदिबासी चलचित्र महोत्सब तथा निफ अवार्ड २०२१ बिभिन्न १० बिधामा अवार्ड बितरण गर्दै सम्पन्न भएको छ । न्ययोर्क स्थित नेपाल आदिबासी जनाजति महासंघ अमेरिकाकाले आयोजना गरेको महोत्सब तथा निफ अवार्ड आईतबार राति सम्पन्न भएको हो । 

अवार्ड कार्यक्रममा नेवार भाषाको चलचित्र जा मनाः गुभाजुले एक लाख एघार हजार एक सय एघार रुपैँया नगद सहित उत्कृष्ट चलचित्रको उपाधी हात पारेको छ । सोही चलचित्र बाट उत्कृष्ट अभिनेता र उत्कृष्ट पटकथाको अवार्ड शुसिल राजोपाध्ययले हात पारेका छन ।

त्यसै गरि गुरुङ भाषाको चलचित्र मि न्होर्वै ट बाट उमान सिं गुरुङ (माओत्सेतुङ) ले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन । चलचित्र मि न्होर्वै ट बाट नै उत्कृष्ट संगितमा तेजेन्द्र गुरुङले अवार्ड प्राप्त गरेका छन ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड भने मगर भाषाको चलचित्र ट्याङचालकबाट तीला मगरले प्राप्त गरेकाछन् । उत्कृष्ट कथाको अवार्डमा लिम्बु भाषाको चलचित्र के बाट सागर केरुङले पाएका छन । उत्कृष्ट भेषभुषामा तामाङ भाषाको चलचित्र प्रङनाबाट छिमी मेम्बा तामाङले अवार्ड प्राप्त गरेका छन् ।

पब्लिक च्वाइस अवार्ड भने ह्योल्मो भाषाको चलचित्र मेतोकले जित्न सफल भएको छ । उत्कृष्ट छांयाकारको अवार्ड पनी सोही चलचित्र बाट रामकुमार केसीले प्राप्त गरेका छन । अगष्ट २१ र २२ तारिख दुई दिनसम्म संचालन भएको कार्यक्रमको अध्यक्षता लोक चेम्जोङले गर्नु भएको थियो भने कार्यक्रममा अमेरिका स्थित रहेका बिभिन्न संघ संस्थाको पदाधिकारी, प्रतिनिधी, दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

२७ औं बिश्व आदिबासी दिबसको अबसरमा आयोजना गरिएको आदिबासी जनजाति चलचित्र महोत्सब तथा निफ अवार्ड २०२१ कार्यक्रमकोे अवार्ड बितरण तथा साँस्कृतिक कार्यक्रम पुर्ब मिस नेपाल सदिक्षा श्रेष्ठले संचालन गरेकी थिइन भने राजु लामा जगदिश समाल लगाएत बिभिन्न जाति समुदायका कलाकारहरुले बिशेष साँस्कृतिक प्रस्तुती दिएका थिए ।